२०८१ मंसिर १५ , शनिवार

पहिरोमा पुरिएकी बालिकाकाको जीवितै उद्वार

सुनाखरी न्युज  / काठमाडौं – पाँचथरको फालेलुङ गाउँपालिकामा गएको पहिरोमा पुरिएकी ९ वर्षीय बालिकाकाको उद्वार गरिएको छ ।स्थानीयले फालेलुङ ३ खोलाघारी स्थित मन प्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज विहान ७ वजे जीवितै उद्वार गरेका हुन ।

 

मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो ।जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएको खुलेको छ ।मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भएपनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन ।

बालिकाको खोजी गर्ने क्रममा विहान जीवितै उद्वार गरिएको फालेलुङ गाउँपालिका अध्यक्ष विरबिक्रम थाम्सुहाङले बताए। अविरल बर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका ४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता छन । उनीहरुलाई बाढीले बगाएको आसंका गरिएको पाँचथरका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिए।