२०८१ आश्विन ८ , मंगलबार

बाह्र मिसको खोजि गर्दै मिस ग्रान्ड नेपाल २०२३ ले खुलायो आवेदन

सुनाखरी न्युज/ काठमाडौं । छैटौ संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ । मिस ग्रान्ड फाउन्डेसनमार्फत यो वर्षदेखि देशको प्रतिनिधित्व गराउँदै मिस ग्रान्ड वोर्ल्ड मिस औरा इन्टरनेसनल , फेस अप वियुटि इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल को लागी प्रतिस्पर्धी तयार पार्दै आएको छ।

सहभागीले असार १० गते भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ। राजधानीको कोटेश्वरस्थित होटल ए वानमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस्स ग्रान्ड नेपालको वार्तामान अध्यक्ष किशन राज सिंघले जानकारी गराउनु भयो । युवतीका बाहिर तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने किरियो ग्राफर रोजिन तथा किसन सिंगले बताउनु भयो ।

लुकेका प्रतिभा मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने अध्यक्षको भनाई छ । सिंहले मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे। २०२२ मा नेपालले इन्टरनेसनल ताज समेत जितेको हुनाले हर्सित हुदै अझ धेरै इन्टरनेसनल ताज नेपाल भित्राउने जमर्कोमा रहेको खुलाशा पर्नु भयो।

मिस ग्रान्ड नेपाल २०२३ का बिजेताले नगद राशिको साथै स्कुटर , कम्पनी ambassador र नेपाली चलचित्रमा नायिका समत हुनुका साथै पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२३,२०२४ मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्। कार्यक्रमको फारम आउदो असार २ गते बाट देश भर खुल्ला गरिने छ भने मेगा अडिसन काठमाडौँमा गरिने आयोजक संस्थाले जानकारी दिदै ,छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको उपयुक्त कक्षाबाट तालिम प्रदान गर्दै फाइनल साउनको अन्तिम साता गरिने बताउनु भयो।