२०८१ मंसिर १५ , शनिवार

नेपाली भूमि भारतीय पक्षले नापजाँचबारे सत्य तथ्य सार्वजनिक गर्न रास्वपाको माग

सुनाखरी न्युज / काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपाली भूमिको नापजाँच गरेको भन्दै छानविन गर्न माग गरेका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले यही असार १ गते भारतीय प्राविधिकको टोलीले एकतर्फीरूपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीले सुइको समेत नपाएको भन्दै आपत्तिसमेत जनाए ।

 

अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फीरूपमा नापजाँच गर्ने काम सामान्य र स्वाभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाइ गर्न नहुने बताए । उनले यही असार १ गते भारतीय प्राविधिकहरूको टोलीले एकतर्फी रूपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरूले सुइकोसमेत नपाएको भन्दै आपत्ति समेत जनाए।

 

‘असार १ गते भारतीय प्राविधिकहरूको टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कन्चनुपरको भुजेला, गड्डा चौंकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे,’ उनले भने, ‘सर्भेका सामानसहित आएका ती प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुइको समेत पाएनन्। के उनीहरुलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? ’ सुरक्षाकर्मीभन्दा स्थानीय जागरूक भएको उनले बताए।