२०८१ आश्विन ८ , मंगलबार

रोहन र प्रियाना अभिनित “तिमी सँगै” को म्युजिक भिडियो सार्वजनिक

सुनाखरी न्युज/  पोखरा । पोखरामा रहेर म्युजिक भिडियोमा क्रियाशिल रोहन नेपाली अभिनित तिमी सँगैको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा उनलाई प्रियाना आचार्यले साथ दिएकी छिन् । सुभाष ढुंगानाको आवाज रहेको गीतलाई सुन्य प्रकाशले लेखेका हुन् । हरि लम्सालको संगीतमा रहेको गीतको म्युजिक भिडियोलाई सुभाष ढुंगानाको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको छ । रामजी लामिछानेको निर्देशन र कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोबाट रोहन आशावादी छन् । उनका अनुसार हालसम्मको म्युजिक भिडियो भन्दा फरक गीतमा अभिनय गर्ने अवसर मिलेको छ ।

रोहन म्युजिक भिडियोमा क्रियाशिल भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्छन् । यसअघि उनको ‘मायाले बोलेको’ गीत सार्वजनिक भएको थियो । जसमा उनी सँगै बिना रावतको समेत अभिनय थियो । ‘तिमी संगै’ गीत प्रेमिल भएको अभिव्यक्ति रोहनको छ । माया गरेको मान्छे टाढा हुनुको पीडालाई गीत मार्फत प्रस्तुत गरिएको छ । यो एक अर्का बीचको सम्र्पण समेत भएको उनी बताउँछन् ।