सुनाखरी न्युज / काठमाडौं – लामो नङ, त्यसमाथि नेल पेन्ट र आर्ट अधिकांश महिलाको इच्छा हो । नङ राम्रो हुँदा यसले हातको सौन्दर्य नै बढाउँछ र हात आकर्षक देखाउँछ ।प्राय महिला नङ राम्रो बनाउन नेल एक्स्टेन्सन समेत गर्छन ।लामो लामो नङहरु अहिलेका युवतीहरुलाई एकदमै मन पर्छ । त्यसो त अहिले ‘नेल एक्स्टेन्शन’को जमाना छ । तर पनि तपाईं आफ्ना नङहरुलाई नै बलियो र लामो बनाएर नक्कली नङ लगाउनबाट बच्न सक्नुहुन्छ । नङ बढाउनका लागि केही तेलहरुको प्रयोग गर्न सक्नुहुन्छ । आउनुहोस जानौं नङ बढाउनका लागि उपयोगी तेल बारे।
-रोजमेरी तेलमा मोइस्चराइजिङ र एन्टी फंगल गुणहरू हुन्छन् । यी गुण नङको वृद्धिको लागि राम्रो मानिन्छ। यसले केबल नङमात्र वृद्धि नगरी नङमा चमक पनि बढाउँछ ।
– नङ बढाउनका लागि नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । जसले कपालको सुरक्षा गर्छ त्यसरी नै यसले नङलाई पनि स्वस्थ तथा सुन्दर बनाउँछ ।
-तिलको तेल पनि नङमा हुने फंगल इन्फेक्शनको खतरालाई कम गर्न एकदमै राम्रो मानिन्छ । तिलको तेलले संक्रमणबाट जोगाउनुका साथै नङ लामो र बलियो पनि हुँदै जान्छ ।
– नङ लामो बनाउन ल्याभेन्डर तेलको प्रयोग गर्न सकिन्छ । यसमा मोइस्चराइजिङ गुणहरू हुन्छन् जसले सुख्खा क्यूटिकललाई पोषण दिन्छ भने क्षतिग्रस्त र भाँचिएको नङसमेत मर्मत गर्छ ।
-नङमा ओलिभ तेल लगाउनु एकदमै फाइदाजनक हुन्छ । यसमा भिटामिन ई हुन्छ, जसले नङ बढाउने मात्र नभएर चमक पनि दिन्छ ।
– नङ बढाउनका लागि तपाईं भिटामिन ई क्याप्सुल वा तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । भिटामिन ईलाई अन्य तेलमा मिसाएर पनि लगाउन सकिन्छ ।