२०८१ आश्विन ८ , मंगलबार

दीपकराज गिरीको स्टाटसमा माग्ने बुढाले दिए जवाफ

सुनाखरी न्युज  / काठमाडौं –  दीपकराज गिरीलाई अर्का कलाकार केदार घिमिरे माग्ने बुढाले झटारो हानेका छन्। दीपकराज गिरी अहिले काठमाडौंको मेयर बालेन्द्र साहको विरोधमा देखिएका छन ।

 

‘समस्या आदिपुरूषुले निकालेको हो त्यसैले आदिपुरुषमात्रै बन्द गरा उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि? उताबाट त धेरै कुरा आउछ‘’ गिरीले लेखेका थिए। उक्त स्टाटसमा गाली खाएपछि गिरीले सोमबार फेरि लेखेका थिए ‘एउटा भाइले भनेदाई फेसबुक हेर्नुभो, तपाईंले गाली खाइरहनु भाछ  मैले भनेँ  होइन भाइ कसैले गाली दियो होला तर मैले खाएको छैन ’‘आदिपुरुष’ सम्बन्धित पोस्टमा आएको गालीलाई लिएर थियो । यही पोस्टमा माग्नेबुढाले कमेन्ट गरेका छन ।

 

‘छिमेकी र बाउको झगडा पर्या बेलाँ छिमेकीलाई फाईदा पुग्ने गरी बोल्दा दाजुभाइको एक–दुई मुक्का भेट्नु सामान्य कुरा हो ।’अब दीपक पनि के कम । फर्काई हाले जवाफ– ‘केदार प्रसाद घिमारे, वाउ एनोदर पपुलिस्ट कमेन्ट फ्रम माई ब्रदर स्ट्याटस नै लेख्या भए अझ बढी लाइक आउँथ्यो बाबु ’।

साथै कतिले भने यही कारण छक्का पञ्जा समुहको अर्को फिल्ममा केदार नपर्ने पो हुन कि भन्ने चिन्तासमेत व्यक्त गरेका छन ।