२०८१ मंसिर ११ , मंगलबार

क्यान्सरपीडितलाई अस्पतालमै नागरिकता

सुनाखरी न्युज/ काठमाडौं । जिल्ला प्रसासन कार्यालय गोरखाले क्लान्सरबाट पीडित एक महिलालाई अस्पतालमै नागरिकता प्रदान गरेको छ । पालुङटार नगरपालिका–७ की क्यान्सरपीडित रविना दराईलाई अस्पतालको सघन उपचार कक्षमै पुगेर नागरिकता प्रदान गरिएको हो ।

 

काठमाडाँैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दराईलाई त्यहीँ पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत चुडानिधि तिवारीले जानकारी दिनुभयो । “नागरिकता नहुँदा राज्यबाट प्राउने उपचार सहुलियत र अन्य सुविधा पाउन कठिन भएको थियो”, उहाँले भन्नुभयो । आवश्यक प्रक्रिया पूरा गरी अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको तिवारीले बताउनुभयो ।

 

दराईका श्रीमान् हितबहादुरले प्रसासनमा नागरिकता प्राप्तिका लागि आवश्यक सबै कागजपत्र पेस गर्नुभएको थियो । सोही आधारमा अस्पतालमै गएर नागरिकता वितरण गरिएको प्रशासकिय अधिकृत तिवारीले बताउनुभयो । जिल्ला प्रसासन कार्यालयले कार्यालयसम्म आउजाउ गर्न नसक्ने अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ । रासस