सुनाखरी न्युज / काठमाडौं – औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्धता गराउन औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई आग्रह गरेको छ।
विभागका महानिर्देशक ढकालले बिरामीको उपचारका क्रममा जीवनरक्षक अति आवश्यकीय औषधि बजारमा उपलब्ध गराउन अनुरोध गरेका छन । उनले औषधिको व्यवस्थापनको लागि सम्भावित अभावको पूर्वजानकारी समेत यथासिघ्र आधिकारिक पत्र वा इमेलमार्फत विभागमा गराउन भनेका छन ।
बिरामीको उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवन रक्षक अति आवश्यकीय औषधि बजारमा उपलब्ध नभएको जनगुनासो पटक पटक आएकोमा यसप्रति विभागको ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘यस्ता समस्याको समाधान गर्नका लागि के कस्ता प्रकारका औषधी कुन रोगको उपचारमा अभाव भएको छ ।