सुनाखरी न्युज / काठमाडौं – अधुरो निद्राले सम्पूर्ण स्वास्थ्यलाई नै असर पार्छ । निद्रामा ध्यान दिएन भने मांसपेशीको विकास हुन पाउँदैन । इन्स्टिच्युट अफ ह्युमन मुभमेन्ट सायन्स एन्ड स्पोर्टका अनुसन्धानकर्ताहरूले सुत्नुभन्दा चार घन्टाअघि व्यायाम गर्दा गजबको निद्रा आउने बताएका छन । उनीहरूले बेलुका व्यायाम गर्दा वा खेल खेल्दा स्लीप क्वालिटीमा सकारात्मक प्रभाव पर्ने बताए ।
कतिपय मानिसलाई ओछ्यानमा पल्टेको धेरैबेर भईसक्दापनि निदाउन नसक्ने समस्या नै छ भने यी उपायहरु अपनाउनुहोस्, जसले तपाईलाई सजिलै निद्रा लाग्ने गर्छ । र, शरीरलाई आराम पनि मिल्ने गर्दछ ।यसो हेर्दा त यो अन्तर कमै हो जस्तो लाग्छ तर यसलाई निकै महत्त्वपूर्ण मान्नुपर्छ । शरीर पुनर्ताजगी गर्नका लागि गहिरो निद्रा आवश्यक हुन्छ । तर सुत्नुभन्दा एक घन्टाअघि मात्र व्यायाम गर्दा चाहिँ निद्रा बिग्रने सम्भावना हुन्छ ।
-ओछ्यानलाई सफा र न्यानो बनाउनाले मिठो निद्रा लाग्ने गर्दछ ।
-कोठाको सरसफाइ गर्ने र सबै सामानहरु मिलाएर राख्ने ।
-सुत्ने बेलामा नकारात्मक कुराहरु सोच्नुहुँदैन । आँखा बन्द गर्नेबेलामा राम्रा विचारहरु सोच्ने गर्नुस ।
-सुत्नेबेलामा मोवाइल, टिभीजस्ता हेर्ने काम नगर्नुहोस ।
-सुत्नुभन्दा अगाडि किताव पढ्नाले छिटो निद्रा लाग्ने गर्छ ।
-व्यायाम गर्ने बानीले समयमै निद्रा लाग्छ र छिटो निदाउन सकिन्छ ।
-बेलुकाको समयमा चिया वा कफि सेवन नगर्ने ।
-खाना खाने वित्तिकै सुत्नु स्वास्थ्यको लागि राम्रो मानिदैन । त्यसकारण खाना खाएको दुई तीन घण्टापछि मात्रै सुत्नुपर्दछ ।