२०८१ आश्विन ८ , मंगलबार

सेन्सर बोर्डले दिएन ‘परस्त्री’लाई प्रदर्शन अनुमति

सुनाखरी न्युज काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले नेपाली फिल्म ‘परस्त्री’लाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । फिल्ममा समावेश चुम्बन, बेडसिन र हिंसाका दृश्यप्रति आपत्ति जनाउँदै बोर्डले फिल्म रोकेको हो ।

सेन्सर बोर्डकी सदस्य सरला पुन मगरले किस, बेडसिन र हिंसात्मक दृश्यलाई हटाउन निर्मातालाई भनिएको बताइन् । यी दृश्य हटाएमात्र प्रदर्शन अनुमति दिन सकिने सर्त सेन्सर बोर्डले राखेको छ । कतिपय दृश्यमा ब्लर गर्न जरुरी रहेको उनले बताइन् । फिल्म भित्रको चिज सच्याउन सुझाव दिएको तर कथावस्तु नै मार्ने उद्देश्य नरहेको उनले बताइन् ।

निर्मात्री शर्मिला पाण्डेले पनि सेन्सर बोर्डले केही दृश्यमा आपत्ति जनाउँदै फिल्म रोकिएको जानकारी दिइन् । ‘ती दृश्य हटाउँदा फिल्मको कथा नै समाप्त हुन्छ । हामी हटाउन तयार छैनौं ।