२०८१ मंसिर १० , सोमवार

साफ च्याम्पियनसिप आजबाट पहिलो खेलमा नेपाल र कुवेत भिड्दै

सुनाखरी न्युज /  काठमाडौं  – साफ च्याम्पियनसिप फुटबलको १४औँ संस्करण आजबाट भारतमा सुरु हुँदैछ । ८ राष्ट्र सहभागी हुने प्रतियोगिताको समूह ए मा नेपाल छ। दुई समूहमा ८ राष्ट्रहरूलाई विभाजन गरिएको छ। नेपाल सम्मिलित समूहमा कुवेतसँगै भारत र पाकिस्तान छन्।

 

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ । भारतको बैंगलोरको श्री कान्तेराव रंगशालामा हुने नेपाल र कुवेतबीचको खेल ३ः४५ बजेवाट सुरू हुनेछ । नेपाल कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छ । कुवेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफमा भाग लिन लागेको हो ।

 

साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागित रहेको छ । नेपाल रहेको समूह ए मा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ भने समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।