२०८१ कार्तिक १६ , शुक्रवार

घिउदेखि नुनसम्म बाइडेनलाई मोदीको कोसेली

 

सुनाखरी न्युज/ काठमाडौं  – नरेन्द्र मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनसँग विशेष उपहार साँटेका छन् । २० जुनमा राजकीय भ्रमणका क्रममा मोदी अमेरिका प्रस्थान गरेका थिए ।

 

मोदीले अमेरिकी प्रथम महिला जिललाई प्रयोगशालामा विशेष रूपमा बनाउन लगाएको ७।५ क्यारेटको हरियो हिरा उपहार दिए यसैगरी पञ्जाबको घिउ, महाराष्ट्रको गुँड, गुजरातको नुनलगायतको उपहार बाइडेनको परिवारलाई मोदीले दिए । बाइडेनलाई मोदीले तमिलनाडुको सेतो तिल, राजस्थानको सुनको सिक्का पनि दिएका थिए ।

 

आजै राष्ट्रपति बाइडेन र उनकी पत्नी जिलले मोदीका लागि रात्रिभोजको आयोजना गरेका छन् । आज मोदी र बाइडेनबीच भेटवार्ताको कार्यक्रम तय भएको थियो । भेटमा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल भएको बताइएको छ ।