२०८१ मंसिर ११ , मंगलबार

चुकन्दरको राइता बनाएर खाँदा स्वस्थमा हुन्छ अनैको फाइदा

 

सुनाखरी न्युज /  काठमाडौं –  छालामा निखार ल्याउन होस वा तौल घटाउन, दुबै कुराका लागि चुकन्दर निकै उपयोगी छ । चुकन्दरलाई सलादका रूपमा खाने वा राइता सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । चिकित्सकका अनुसार जुनसुकै रूपमा खाए पनि चुकन्दर शरीरका लागि निकै लाभदायी छ । चुकन्दरमा आइरन, सोडियम, पोटासियम, फस्फोरस पर्याप्त मात्रामा पाइन्छ। जसले कारण शरीरलाई स्वस्थ राख्न मदत गर्छ। चुकन्दर राइतालाई बनाउनका लागि प्रयोग गरिने दही, जिरा, कालो नुन आदि मिसाउर बनाउन सकिइन्छ ।

– चुकन्दरबाट बनेको राइताको सेवनले शरीर सुन्निएको पनि कम हुन्छ ।

– चुकन्दरको राइता बनाएर खाँदा आँखाको रोशनी बढ्नुका साथै शरीरमा रगतको कमी पनि हुँदैन ।

 

चुकन्दरको राइताको सेवनले पाचन प्रक्रियालाई पनि राम्रो बनाउँछ ।

 

इम्युनिटी पावर राम्रो बनाउनका लागि नियमित चुकन्दरको सेवन गर्नु फाइदाजनक हुन्छ ।

चुकन्दरबाट बनेको राइताको सेवन गर्नाले छाला एकदमै चम्किलो हुन्छ । अनुहारमा भएका दागधब्बा हट्छन र छाला चम्किलो हुन्छ ।