२०८१ आश्विन ८ , मंगलबार

‘आदिपुरुष’को आम्दानी ह्वात्तै घट्याे

सुनाखरी न्युज/ काठमाडौं  – प्रभास, कृति सेनन र सैफ अली खान स्टारर फिल्मले शुक्रबार भारतमै १०० करोडभन्दा बढीको कमाई गरेर नयाँ रेकर्ड बनाएको थियो । ‘आदिपुरुष’को पहिलो दिनको कमाईमा यो उत्साह पूरै देखिन्थ्यो ।

 

शनिबार ‘आदिपुरुष’ को सङ्कलनमा केही कमी आएको थियो तर यो कमी खासै ठूलो थिएन । ‘पठान’ र आरआरआर जस्ता धेरै ठूला फिल्महरूको कमाईमा पनि यस्तै प्रवृत्ति देखिएको थियो। आइतबार बक्स अफिसमा ठूलो दिन हो र यस दिन फिल्मले शुक्रबारको तुलनामा पनि राम्रो कमाइ गर्छन् । तर आदिपुरूषको हकमा भने यस्तो भएन ।

 

अस्वाभावित संवाद राखिएको आरोप लागेको फिल्म आदिपुरुषको कमाइ ह्वात्तै घटेको छ । फिल्मले ३ दिन सानदार कमाइ गरेको भए पनि त्यसपछि ओरालो लागेको हो । शुक्रवारदेखि आइतवारसम्म आदिपुरुषले ३ अर्ब ५२ करोड कमाइ गर्‍यो ।

 

त्यसयता फिल्म ओरालो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाद बढ्दै गएपछि अहिले फिल्मको माग घटेको छ ।यस्तै अवस्था रहेमा फिल्मले लगानी समेत उठाउन सक्नेमा शंका गर्न थालिएको छ ।