२०८१ आश्विन ८ , मंगलबार

बलीवुड अभिनेता सञ्जय दत्तले किने क्रिकेट टिम

 

सुनाखरी न्युज  / काठमाडौं –  बलिउड अभिनेता सञ्जय दत्तले क्रिकेट टिम खरिद गरेका छन्। सञ्जयले जिम्बाबे अफ्रो टी १० लिगमा हरारे हरिकेन्स टिम किनेका हुन्। भारतीय सेलिब्रेटी एरिज ग्रुप अफ कम्पनीका संस्थापक सोहन रोयसँगै सञ्जय टोलीको संयुक्त मालिक हुनेछन्। लिगमा सहभागी ६ टोलीमध्ये एउटा पाकिस्तानी फ्रेन्चाइजीले पनि किनेको थियो।

 

लिगका लागि जिम्बाबे क्रिकेटले अबुधाबी टी(१० लिग आयोजना गर्ने संस्था टी १० ग्लोबल स्पोट्र्ससँग सहकार्य गरेको छ। जिम्बाबे एफ्रो टी १० लिग ९ दिने प्रतियोगिता हो। लिग जुलाई २० मा सुरु हुनेछ र फाइनल जुलाई २९ मा हरारे स्पोट्र्स क्लबमा हुनेछ। प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहनेछ।

 

सञ्जय दत्तको हरारे हरिकेन्सबाहेक, डरबन कलन्दर्स, केप टाउन साम्प आर्मी, बुलावायो ब्रेभ्स र जोबर्ग लायन्स जिम अफ्रो टी १० लिगमा भाग लिने अन्य चार टोलीहरू हुनेछन्।