२०८१ आश्विन ८ , मंगलबार

छोरीलालाई समय दिन रामचरण लिए सुटिङबाट ब्रेक

सुनाखरी न्युज/ काठमाडौं । तेलुगु सुपरस्टार राम चरण अहिले आफ्नो अभिभावकीय कर्तव्यलाई गम्भीर रुपमा लिइरहेका छन् । उनी आगामी डेढ महिनाको समय भर्खरै जन्मिएकी छोरीसँगै श्रीमति उपासना कामिनेनीलाई दिनेछन् ।

 

रामचरणले निर्माताहरुलाई आगामी केही सातासम्म सुटिङमा आउन नसक्ने जानकारी दिइसकेका छन् ।उनी अहिले फिल्म ‘गेम चेन्जर’मा व्यस्त छन् । तर छोरी जन्मिएपछि फिल्मका निर्मातालाई आफूले केही समय छोरी र श्रीमतीलाई समय दिने खबर गरेका छन् ।

 

उनी आगामी जुलाईको अन्त्य वा अगष्टको सुरुवातमा सुटिङमा जोडिने छन् । रामचरण र श्रीमति उपासना विवाहको एघार वर्षपछि मातापिता बनेका हुन् ।