२०८१ आश्विन ८ , मंगलबार

रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

सुनाखरी न्युज/ काठमाडौं । गीत गाउनका लागि रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि दुर्व्यवहार भएको छ। स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि बियरको बोतल प्रहार गरेका हुन्।

आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा बोतल प्रहार भएपछि उनले स्टेज छाडेको थिए। त्यसपछि कार्यक्रम भाँडिएको थियो। सपुत निकटस्थका अनुसार उनको निधारमा सामान्य चोट लागेको छ। उनी र गायिका प्रिती आले ‘याद नेपाली म्युजिक फेस्टिवल २०२३’ मा सहभागी हुन त्यहाँ पुगेका हुन्।