सुनाखरी न्युज / काठमाडौं – महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्।
एन्डोमेट्रिओसिस रोग को लक्षण हुन सक्छ। विश्वमा करिब १९ करोड महिला यस रोगबाट पीडित छन । एक रोग हो जसमा पाठेघरको अस्तर जस्तै तन्तु पाठेघर बाहिर बढ्छ । यसले गम्भीर पीडा निम्त्याउनुका साथै गर्भवती हुन गाह्रो बनाउँछ एन्डोमेट्रिओसिस व्यक्तिको पहिलो महिनावारीमा सुरु भएर रजोनिवृत्तिसम्म रहन सक्छ। एन्डोमेट्रिओसिसका बिरामीको महिनावारी हुँदा, रगत पाठेघर बाहिर झरेर जम्मा हुन थाल्छ। यो रगतको कारण, सिस्ट वा गाँठो बढ्न थाल्छ। योसँगै दुखाइ पनि बढ्न थाल्छ ।
महिलामा हुने यो रोगले बिस्तारै गम्भीर समस्याको रुप लिइरहेको छ । एन्डोमेट्रिओसिस रोग महिलाको पेटसँग प्रत्यक्ष सम्बन्धित छ किनभने अधिकांश महिलाको पेट दुख्ने गर्छ। करिब ४० प्रतिशत महिलालाई गर्भधारण गर्न कठिनाइ हुन्छ। एन्डोमेट्रिओसिस रोगको मुख्य कारण हर्मोन मानिन्छ। यस रोगका कारण महिलालाई पेटमा असह्य पीडा, सन्तान नहुने, थकान, तनावपूर्ण जीवन र महिनावारी सम्बन्धी धेरै समस्याको सामना गर्ने गर्दछन्।
केही प्राकृतिक र घरेलु उपायहरू छन जसबाट महिलाको प्रजनन क्षमता बढाउन सकिन्छ ।
1 – आलस – आलसमा ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । आलसको सेवनले महिलाहरूलाई एन्डोमेट्रिओसिसको दुखाइबाट राहत मिल्छ र साथै यसले शरीरका विषाक्त पदार्थहरूलाई बाहिर निकाल्न मद्दत गर्छ।
२- हर्बल चिया खाने
हर्बल चियामा एन्टी – इन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले गर्भाशयमा मांसपेशीको ऐंठनलाई कम गर्न मदत गर्छ। महिनावारीको समयमा अदुवाको चिया पिउनु पनि दुखाइ कम गर्ने एक सजिलो र प्राकृतिक तरिका हो। साथै हर्बल चियाहरूले तनाव राहत र निदाउन समेत सहज बनाउछन्।
३- एन्टी- इन्फ्लेमेटरी खानाहरू खाने
एन्टी- इन्फ्लेमेटरी खानाहरूले रक्त प्रवाहलाई सन्तुलन गरी पेटलाई आराम गर्न मद्दत गर्न सक्छ। जामुन,टमाटर, बेसार, अदुवा वा लसुन जस्ता मसलाहरू खाने प्रयास गर्नुहोस्। हरियो सागसब्जी, बदाम, माछा, जस्ता चिजले पनि पेट दुखाइ कम गर्न सक्छ।
4 – मह– मह पनि एक आयुर्वेदिक औषधि हो जसमा धेरै आयुर्वेदिक गुणहरू छन्। भलमयmभतचष्यकष्क को उपचार को लागी मह एक राम्रो विकल्प हो। महमा पाइने एन्टी इन्फ्लेमेटरी तत्वले इन्डोमेट्रिओसिसको दुखाई कम गर्न मद्दत गर्छ ।
5 – केस्टर तेल – केस्टरको तेल लगभग सबै घरहरूमा सजिलै पाइन्छ। एण्डोमेट्रिओसिसको उपचारको लागि क्यास्टरको तेल धेरै प्रभावकारी मानिन्छ। क्यास्टरको तेलको प्रयोगले शरीरको विषाक्त पदार्थ सजिलै बाहिर निकालिन्छ। जसले शरीरलाई शुद्ध पार्छ र एन्डोमेट्रिओसिसको समस्याबाट छुटकारा पाउँछ।