सुनाखरी न्युज/ काठमाडौं । तनहुँका व्यावसायिक पशुपालक कृषकले ‘प्रदेश उत्कृष्ट कृषि पुरस्कार’ प्राप्त गरेका छन् । भानु नगरपालिका–१२ स्थित मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म प्रालिका सञ्चालक कुशलचन्द्र अधिकारीले गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत् उत्कृष्ठ कृषि पुरस्कार प्राप्त गर्नुभएको हो ।
उक्त पुरस्कारको राशि रु ३० हजार रहेको छ । धान दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री महेन्द्रध्वज जिसीले उक्त पुरस्कार प्रदान गर्नुभएको छ । कृषि तथा पशुपालनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
स्नातकोत्तर अध्ययन गर्नुभएका अधिकारीले घलेछापमा बाख्रापालन गर्दै आउनुभएको छ । कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सोचसहित बाँझो जग्गाको प्रयोग गरी उहाँले बाख्रापालन गर्नुभएको छ ।
उहाँको फार्ममा ६५ बाख्रा, १२ भैँसी, एउटा ब्याडे राँगो छ । तीस वर्ष बहराइनमा रोजगारी गर्नुभएका बुबाको प्रेरणाले यो व्यवसायमा लागेको अधिकारीले बताउनुभयो । पर्यटन व्यवसायमा लाग्नुभएका अधिकारी उक्त व्यवसाय छाडेर काठमाडौँबाट गाउँ फर्किनुभएको थियो ।
रासस