२०८१ मंसिर ९ , आइतवार

गेटवे कलेज अफ प्रोफेसनल स्टडिजले व्याच २०१९ को कोर्स समापन कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । बसुन्धरा मा रहेका गेटवे कलेज अफ प्रोफेसनल स्टडिजले व्याच २०१९ को कोर्स समापन कार्यक्रम सम्पन्न गरेको छ।

 

नेपाल भित्र तथा बाहिर विभीन्न उत्कृष्ट तारे होटल, रेष्टुरेन्ट, कर्पोरेट कार्यालय, एबं विभिन्न कार्यालयमा जागिरको सत प्रतिशत सुनिश्चितता गर्दैआएको पूर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन प्राप्त यस कलेज ले व्यवस्थापन संकाय अन्तर्गत होटल मेनेजमेन्ट तर्फ विगत १५ वर्ष देखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ।


गेटवे कलेज गत वर्ष नेपालकै होटल मेनेजमेन्ट कलेज मध्य उत्कृष्ट पाँचौ स्थानमा रहन सफल भएको थियो। शुक्रबार भएको उक्त कार्यक्रम मा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय का सहायक परिक्षा नियन्त्रक मेनुका श्रेष्ठ एबं अन्य अतिथि का रूपमा यसै कलेजमा प्राध्यापन गरिरहनु भएका पर्यटन तथा अतिथी सत्कार विज्ञ प्रा.डा.रमेश राज कुँवर एबं बिद्यार्थी , अन्तर्राष्ट्रिय तालिम विज्ञ, अविभावक,कलेज का प्राध्यापक, कर्मचारी तथा अन्य बिभिन्न शिक्षा क्षेत्रमा विगत लामो समयदेखि जोडिनु भएका महानुभाव हरु को उपस्थिति रहेको थियो। संस्थापना कालदेखि कलेज ले उत्कृष्ट नतिजा लिएर आउनु मा शिक्षक काे मेहेनत, बिद्यार्थी को लगनशीलता, एबं अविभावक को मेहनत लाई संस्था ले सधैँ उच्च सम्मान गर्ने जानकारि कलेज की संस्थापक प्राचार्य डाली खनाल ले दिनु भयो, प्रयोगात्मक शिक्षा ले विद्यार्थी लाई निखार्ने एबम् वर्तमान परिस्थिति मा समायोजन मा सहयाेग पुग्ने जानकारी दिनु भयो।

कार्यक्रमका सभापति एबं कलेज का संस्थापक अध्यक्ष सुरेश के सि वेभ हस्पिटालिटि अन्तर्गत, रेष्टुरेन्ट, बैंक्कूईट,पार्टी प्यालेस,हेल्थ क्लब, स्वीमिङ पुल लगायत को संस्था कलेज काे पूर्ण व्यवस्थापन मा संचालन मा लिएर आउने जानकारी गराउँदै कलेज लाई यो स्थानमा लिएर आउने सरोकार वाला हरु लाई धन्यबाद दिँदै विद्यार्थी हरुलाई आगामी दिनमा कलेज ले फरक ढंगले पढाइ का अतिरिक्त अन्य विभिन्न समयअनुकूल बिभीन्न शैक्षिक गतिविधि हरुलाई अगाडि बढाउदै जाने जानकारि दिनु भयो।