२०८१ मंसिर १० , सोमवार

नेपाललाई तेस्रो सफलता, सन्दिपले लिए विकेट

सुनाखरी न्युज /  काठमाडौँ –  आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफ अन्तर्गत अहिले नेपाल र युएईबीच खेल भैरहेको छ । प्लेअफको सेमिफाइनलका लागि यी दुई टिम जिम्बाबेको हरारे स्पोट्र्स मैदानमा खेल्दै छन् ।

 

स्पिनर सन्दीप लामिछानेले यूएईविरुद्धको खेलमा नेपालका लागि तेस्रो विकेट लिएका छन् । उनले १० रन बनाएका रमिद शहजादलाई एल्बीडब्लूको धरापमा पारेका हुन् ।

खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले २८ रन बनाएका आर्यान्स शर्मालाई आउट गरेका थिए । यूएईले ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ ।