२०८१ आश्विन ८ , मंगलबार

किन छाडे प्रियंका र कट्रीनाले फरहान अख्तरको फिल्म ?

सुनाखरी न्युज  / काठमाडौं –  अभिनेत्री प्रियङ्का चोपडा जोनस, आलिया भट्ट र कट्रिना कैफको फिल्म ‘जी ले जरा’ अलपत्र परेको छ । यो फिल्म हेर्नका लागि दर्शकले अझै केही समय पर्खनुपर्नेछ । यस फिल्ममा अभिनेत्री प्रियंका चोपडा, कट्रीना कैफ र आलिया भट्ट एकसाथ देखिने बताइएको थियो। तर प्रियंका र कट्रीनाले फिल्म छाडेका छन्।लामो समयसम्म फिल्म नबनेपछि उनीहरूले फिल्म छाडेका हुन्।

 

यो फिल्मसँगै फरहान अख्तर १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । तर उनको कमब्याकलाई अझै केही समय पर्खनुपर्नेछ, यसको कारण हुन्– आमिर खान ।यो फिल्म बनाउने योजना प्रियंका, फरहान र जोया अख्तरको थियो। आफ्नो हलिउड प्रोजेक्टका कारण प्रियंकाले जी ले जरा लाई समय दिन नसक्ने बताएकी छन्।

 

यो फिल्मको छायांकन सन् २०२४ मा हुने बताइएको छ। आगामी वर्ष आलिया नितेश तिवारीको फिल्म रामायणु र बैजू बावरा को छायांकनमा व्यस्त हुनेछिन् । आलियालाई पनि जी ले जरा लाई समय मिलाउन चुनौति देखिएको छ।

 

आमिर खान प्रोडक्सनको फिल्म ‘द च्याम्पियन्स’ बन्ने तयारीमा । जसमा फरहान प्रमुख भूमिकामा देखिँदै छन् । यो फिल्म सन् २०१८ को स्पेनिस स्पोट्र्स ड्रामा फिल्मको अफिसियल हिन्दी रिमेक हो । यो फिल्ममा आमिर खानको निर्माण हुनेछ ।