नाखरी न्युज/ काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५५ वर्षीय खोपिराम अधिकारी हुनुहुन्छ ।
उहाँको शिक्षण अस्पताल कोहोलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उहाँको टाउको र अनुहारमा चोट लागेको थियो । अधिकारी आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक हुनुहुन्छ । गत शुक्रबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा उहाँसहित चारजना घाइते हुनुभएको थियो ।
तुलसीपुर–अमेलिया सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ बुद्ध चोक नजिकै रा१प ८४४६ नंको मोटरसाइकल र रा४प २८६६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
रासस