२०८१ मंसिर १४ , शुक्रवार

ट्राफिक सप्ताह २०८० शुभारम्भ

सुनाखरी न्युज/  बिराटनगर। सडक दुर्घटना न्युनिकरणको लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीले ट्राफिक सप्ताह कार्यक्रमको शुभारम्भ गरेको छ ।

May be an image of 5 people and dais

कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा बिराटनगरमा आयोजना गरिएको ट्राफिक सप्ताह कार्यक्रममा बिराटनगरको बसपार्कबाट प्रभात फेरी र्‍याली शुरु भई महेन्द्रचोक हुँदै बिराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजना गरी ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो । आजैका दिनबाट एकै साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले समेत बिशेष कार्यक्रमहरुको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा सडक दुर्घटना न्युनिकरणका लागि एक हप्ता सम्म बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्नेछन् । ट्राफिक सप्ताह कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री कार्कीले बेलुन उडाएर बिधिवत रुपमा समुद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्युनिकरणमा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई मनै देखी धन्यबाद दिदै ट्राफिक ब्यबस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । साथै वहाँले सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीको प्रयोजानार्थ प्रदेश सरकारको तर्फबाट बिभिन्न किसिमका ट्राफिक ब्यबस्थापनका सामग्रीहरु प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक राजेशनाथ बास्तोलालाई हस्तान्तरण गर्नु भएको थियो ।

May be an image of 10 people, dais and text that says 'AKAX 1 Safe Drive. Long Life सड़क अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह २०1० प्रभात फेरी कार्यक्रम प्रमुख अतिथि: कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीज्यू नपाल सहयोग तथा सहकार्य आन्तरिक मामिला कानून मन्त्रालय कोशी प्रदेश, विराटनगर आयोजक नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरी "ट्राफिक सप्ताह २०८० भव्यताका साथ सफल पारौ"'

सोही कार्यक्रममा ट्राफिक नियमको पालना गरी सुरक्षित र मर्यादित तरिकाले लामो समय सम्म सवारी साधन चलाउने उत्कृष्ट ५ जना सवारी चालकहरुलाई सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीले गरेका उल्लेखनिय कार्यहरुको सम्बन्धमा तयार पारिएको बृतचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले धन्यवाद मन्तब्य राख्नु हुँदै ट्राफिक सप्ताहको सफलताको शुभकामना दिनुका साथै प्रदेश सरकारबाट प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरीक र सरोकारवाला निकायहरुसंग समन्वय गर्दै ट्राफिक प्रहरी सवारी दुर्घटना न्युनिकरणमा लागी पर्ने बिश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, कोशी प्रदेश प्रमुख सचिव डा.दिपक काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुरेश राउत, जिल्ला प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव लगायतले आ-आफ्नो भनाई राख्नु हुँदै ट्राफिक सप्ताह कार्यक्रमले सवारी दुर्घटना न्युनिकरणका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।

May be an image of one or more people, crowd and text

कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु,स्थानिय जनप्रतिनिधीहरु, ‍यातायात ब्यबसायीहरु, संचारकर्मीहरु, नागरीक समाज, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, बिभिन्न बिद्यालयका बिद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।