सुनाखरी न्युज/ काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।
बैंकले विरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदी बन्दी संग बस्दै आएका उनीहरुका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने पवित्र उद्देश्यका साथ विरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिकतहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि रु. २,००,००० (अक्षरेपीदुई लाखमात्र ।) आर्थिक सहयोग गरेको छ ।विद्यलाय परिसरमाआयोजित एक समारोहका बिच बैंककामधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूतिन्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रा लाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका छन् । यस बाट कैदीबन्दीका छोराछोरीहरु लाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवापुग्ने विश्वास बैंकले लिएको छ । साथै प्रधानाध्यापकमिश्राले एभरेष्ट बैंकको सो सहयोगले कैदीबन्दीका छोराछोरीहरुको शिक्षा दिक्षामा थप सहजहुने र सो विद्यालय विरगञ्ज क्षेत्रकै साझा सम्पती भएकाले सबैले यसलाई जगेर्ना गर्नु पर्ने कुरा उल्लेख गर्नुभयो ।
स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हाल सम्म करिब १३लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२६शाखा संजाल,३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६१ ATM सहित विश्वव्यापी नेटवर्क बाट अत्याधुनिक मोबाइल,इन्टरनेट SMS बैंकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।