सुनाखरी न्युज / काठमाडौं – पाठेघरको मुखमा भएका कोषहरूको असामान्य ढंगले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो । नेपालमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ ।
विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानको अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सर गराउने भाइरस ह्युमन प्यापिलोमा भाइरस ९एचपीभी० विरुद्धको खोप भित्रिएको छ ।
यो खोप १० देखि १४ वर्षका बालिकालाई दिने सरकारको योजना छ । खोप ६ हप्ताको फरकमा दुई डोज दिनुपर्ने हुन्छ ।
यसपटक भने सरकारले खरिदमार्फत् नै २० हजार डोज ल्याएको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा। अभियान गौतमले बताए । चीनको सिकोलिन कम्पनीको २० हजार डोज खोप मंगलबार नेपाल आइपुगेको होे ।