सुनाखरी न्युज/ काठमाडौं । आगामी आर्थिक वर्ष २०८००८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।
१० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको सहायक प्रवक्ता दीपक अधिकारीले बताए । अर्को बैठक २६ गते राखिएको छ ।