२०८१ मंसिर १३ , बिहिवार

कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा.लि.बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवाविकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा.लि.बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले काठमाडौं वडा नं – ११, त्रिपुरेश्वर स्थितब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा.लि.ले प्रदान गर्ने डाक्टर परामर्श शुल्क बाहेक अन्य सेवाहरुमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।