२०८१ मंसिर १३ , बिहिवार

कृषकहरुलाई सहुलियतपुर्ण ऋण प्रदान

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच भएको सम्झौता अनुरुप युवा तथा महिला उद्यमीर साना किसानहरु लाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका स्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थालि.को सहकार्यमा प्रभुबैंकले किसानहरूलाई सहुलियतपुर्ण कृषिकर्जा उपलब्ध गराएको छ ।

नुवाकोटको बट्टारमा एक कार्यक्रम बिचपञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक श्रीप्रकाश कटुवाल,प्रभु बैंक लिमिटेडका ग्लोवल मार्केट्स प्रमुख सुजिनशाक्य र माईक्रोफाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा पञ्चकन्या गाउँपालिकाका७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाईप्रभुबैंकको बट्टार शाखा कार्यलयबाट रु ४० लाखकोसहुलियतपुर्ण कृषिकर्जाको चेक हस्तान्तरण गरीएको छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्षश्री तेज बहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गर्नुभएको छ ।

 

उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फ बाट प्रर्बधित सहकारीहरुले सहुलियत पुर्णऋणलिन ईच्छुक उद्यमीहरूको पहिचानगरि कर्जा लिन योग्यउद्यमीहरूलाई बैंकमासिफारिसगर्नेछन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमनगरि आवश्यकअन्यब्यावसायिकविकासका सेवाहरु प्रदानगर्न सहयोग तथा सहजिकरण गर्ने छ ।

हेफर ले ४४ जिल्लाका करिव ४००,००० पिछडीएका गरिब परिवारहरुलाई सहयोग गर्दै सानाकिसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संथाले हाल सम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तिय पहुँच पुरÞ्याउन सहजिकरण गर्दै आएको छ ।

 

समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालयहरु७१ एक्स्टेन्सन काउन्टर तथा ३१० ATM सहित फराकिलोे पहुँचरहेकोप्रभुबैंककले उक्त सम्झौताअनुरुपकरिव १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउनसहजता प्रदान गर्नेे विश्वास लिएको छ ।