२०८१ मंसिर १० , सोमवार

यस्तो कारणले आउँछ गिँजाबाट रगत

सुनाखरी न्युज/ काठमाडौं । दाँत वरिपरि जम्मा हुने फोहोर तथा राम्रोसँग सरसफाई नगर्नाले गिँजाबाट रगत आउने समस्या हुन सक्छ । यसबाहेक अन्य समस्या पनि हुन्छन् जसकारण गिँजाबाट रगत आउँछ ।

 

गिँजाबाट रगत आउने सबैभन्दा आम कारण भनेको गिंगिवाइटिस हो, जसमा गिँजाको संक्रमणले गर्दा सुन्निने तथा दुख्ने समस्या पनि हुन थाल्छ । ओरल हाइजीनको कमीले गर्दा पनि गिँजाबाट रगत आउने समस्या हुन थाल्छ । राम्रो तरिकाले ब्रस नगर्ने तथा दाँतलाई सफा नराख्ने कारणले पनि गिँजाबाट रगत आउने समस्या हुन थाल्छ । त्यस्तै जिंक तथा भिटामिन सीको कमीको कारणले पनि गिंजाको संक्रमणको खतरा बढ्छ । संक्रमणको कारणले पनि प्राय गिँजाबाट रगत आउने समस्या हुन थाल्छ ।

 

रक्तविकार यानिकी कुनै पनि प्रकारको रगत सम्बन्धी समस्या हुनाले पनि गिँजाबाट रगत आउन सक्छ । जस्तै हेमोफिलिया, वान विलेब्रन्ड रोग आदिको कारणले गिँजाबाट रगत आउन थाल्छ । धुमपान गर्नाले पनि गिँजाको सुरक्षा प्रणाली कमजोर हुन सक्छ, जसले गर्दा गिँजामा संक्रमण हुन्छ र रगत आउने सम्भावना बढ्न सक्छ । त्यस्तै गर्भावस्था, मेनोपज तथा अन्य कैयौं प्रकारका हर्मोनल परिवर्तनले गर्दा पनि गिँजाबाट रगत आउने समस्या हुन थाल्छ ।एजेन्सी