सुनाखरी न्युज/ काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क रु १ करोड रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसे लाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो ।
साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन बर्ष अघि रु. १ करोडको जीबन बीमा गर्नु भएको देव बहादुर खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरिएको हो । कम्पनीको नयाँबानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसे लाई चेक हस्तान्तरण गर्नु भएको हो । कम्पनी बाट प्रदान गरिएको चेक ग्रहणगर्दै बीमितको पत्नी यमुना चालिसेले समयमा नै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्य बाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको बताउनुभयो ।
कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरु बाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।
रासस