२०८१ मंसिर १० , सोमवार

शल्यक्रिया नगरिकनै आमाशयमा अड्किएको किला निकालियो

 

सुनाखरी न्युज /  काठमाडौं –  निदान अस्पतालका बालरोग विशेषज्ञ डा सुमित अग्रवाल नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको किला निकालेको हो।महोत्तरीका एक पाँच वर्षिया बालकले झुक्किएर निलेको किलालाई बिना शल्यक्रिया र बिना कुनै चोट सफलतापुर्वक निकालिएको हो।

 

किला निलेर आमाशयमा अड्किनु जटिल घटना भएको र सो किलालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि निकै सुरक्षित तरिकाले इण्डोस्कोपी गरी बिना शल्यक्रिया बालकको अमाशयबाट किला निकालेको डा सुमित बताउँछन् ।

 

डा सुमितले बिना शल्यक्रिया किलानै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको दाबी गरे।