सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंस्थित चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष सीता दाहालको निधनप्रति समवेदना प्रकट गरेका छन् ।
उनले ट्वीट गर्दै सीताको निधनमा प्रचण्ड तथा उनको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले सीताको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । सीताको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ ।