भानु जयन्तीका अवसरमा भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न
Posted on:
सुनाखरी न्युज/पोखरा । २१० औं भानु जयन्तीका अवसरमा आदिकवि भानुुभक्त क्याम्पस, व्यास–१ तनहुको आयोजनामा भानुुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका लागि कास्की र तनहुँबाट विभिन्न विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी भएका थिए ।
प्रतियोगितामा आदिकवि भानुुभक्त माध्यमिक विद्यालय, तनहुँका छात्रा नमुना पन्थी प्रथम, बालमन्दिर माध्यमिक विद्यालय, तनहुुँका छात्राद्वय रोशा रसायली र अनिषा घर्ती द्वितीय र गोगन माध्यमिक विद्यालय कास्कीकी छात्रा सुजाता पौडेल तृतीय भएका छन् ।प्रतियोगितामा महर्षि बेदब्यास मावि तनहुँका श्रेयन आचार्य र शिव मावि तनहुँकी सुनयना पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रोत्साहन पुरस्कार स्वाधिनता पौडेललाई प्रदान गरियो ।
प्रतियोगिताका विजयी विद्यार्थीलाई आदिकवि भानुुभक्त क्याम्पसका सञ्चालक समितिका अध्यक्ष बुुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाली विभागका प्रमुख विजयराज खनालले संयुक्त रुपमा पुुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आदिकवि भानुुभक्त आचार्यले नेपाली भाषाका क्षेत्रमा अतुलनीय योगदान पुु¥याएको बताउँदै उहाँको योगदान चीरकाल पर्यन्त जीवन्त रहने बताउनुुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाली विभाग प्रमुख विजयराज खनाल लगायतले यस किसिमका प्रतियोगिताले भानुुभक्तको योगदानको स्मरणसँगै साहित्यिक गतिविधि जगेर्ना गर्न सहयोग पुुग्ने विश्वास व्यक्त गर्नुभयो ।