२०८१ मंसिर १० , सोमवार

६ प्रतिशतले बढ्यो आन्तरिक हवाई भाडा

सुनाखरी न्युज /  काठमाडौं –  सरकारले नीति अनुसार हाल सञ्चालित सम्पूर्ण वायुसेवा कम्पनीहरु मूल्य अभिबृद्धि कर भ्याटमा दर्ता हुने भएका छन । साउन १ गते बाट हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि हुने बताइएको हो।

 

सरकारको नीति अनुसार अन्तरिक उडानको टिकटमा भ्याट लागू भएतापनि अन्तर्राष्ट्रिय उडानमा भने भ्याटको टुंगो लागिसकेको छैन । यसअघि हवाई टिकटमा भ्याट लाग्दैनथ्यो । तर, सरकारले आगामी आर्थिक वर्षबाट हवाई टिकटमा भ्याट अनिवार्य गरेसँगै वायुसेवा कम्पनीहरु भ्याटमा दर्ता हुन थालेका छन् ।

 

‘वायुसेवा कम्पनीहरुले साउन १ गते देखी लागु हुनेगरी हवाई भाडा दरमा नै समावेशगरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्ती जारी गरेको छ। व्यवसायीका अनुसार सबै दुरीमा करिब ६ प्रतिशत रहेको छ ।