२०८१ मंसिर १२ , बुधवार

टिकटकप्रति अमेरिकी प्रहारः राष्ट्रिय सुरक्षामा जोखिम

सुनाखरी न्युज / काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् ।

टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट पार्टीसम्म पु¥याउने गरेको सङ्घीय जाँच ब्यूरो९एफबिआई०ले उल्लेख गरेको जियानली याङले अमेरिकी अखबार द हिलमा लेखेका छन् ।

एफबिआईले सार्वजनिक गरेको उक्त सूचनाका आधारमा सिनेटर मार्क वार्नरको नेतृत्वमा सिनेटरहरूको एक समूहले हालै वाणिज्य विभागलाई लोकप्रिय सामाजिक सञ्जालमाथि नियमनको अधिकार प्रदान गर्ने कानून बनायो । राष्ट्रपति जो बिडेनले पनि उक्त कानूनलाई तत्काल अनुमोदन गरेर तुरुन्त पारित गर्न आह्वान गर्नुभएको द हिलमा जनाइएको छ ।

जियानली याङ, पीएचडी, चीनमा सिटिजन पावर इनिसिएटिभ्सका संस्थापक र अध्यक्ष हुन् र “हाम्रो लागि, द लिभिङः ए जर्नी टु शाइन द लाइट अन ट्रुथ“ र “इट्स टाइम फर ए भ्यालुज बेस्ड “इकोनोमिक नेटोका” लेखक हुन् । रासस/एएनआई