सुनाखरी न्युज / काठमाडौं – टाइटानिकभन्दा पाँच गुणा विशाल यो पानीजहाज आगामी वर्षदेखि सञ्चालनमा आउँदैछ । टाइटानिक कहिल्यै पनि नडुब्ने पानीजहाज भनेर दाबी गरिएको थियो, तर उक्त जहाज एट्लान्टिक महासागरमा डुब्यो । तर आइकन अफ द सिज्को बारेमा भने यस्तो दाबी गरिएको छैन ।
आगामी वर्षको जनवरीमा ‘आइकन अफ द सिज्’ नामक विशाल पानीजहाज पहिलोपटक सञ्चालनमा आउँदैछ जसले टाइटानिकको झल्को मेटिदिने विश्वास गरिएको छ ।जहाजको कुल लम्बाई ११ सय ९८ फिट रहेको छ भने यसको तौल २ लाख ५० हजार ८०० गिगाटन रहेका छ । १९ तल्ले आइकन अफ द सिज्मा ४० वटा रेस्टुरेन्ट र बार हुनेछन् ।
यी सबै रेस्टुरेन्ट र बारमा बलिङ गेम व्यवस्था गरिएको छ ।यस्तै, यो क्रुज सिपमा सात वटा स्वीमिङ पुल पनि छ भने एक वाटर पार्क रहेको छ । यो वाटर पार्क संसारको अन्य कुनै वाटरपार्कको तुलनामा उत्कृष्ट रहेको छ ।