२०८१ मंसिर १४ , शुक्रवार

निर्माण व्यवसायीमाथि दिउँसै खुकुरी प्रहार , तीनजना पक्राउ

सुनाखरी न्युज /  काठमाडौं –  बुटवलको ठमेल उपनामले चिनिन थालेको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कालिगण्डकी निमार्ण कम्पनीका सञ्चालक डीबी खत्रीका छोरा तथा निर्माण व्यवसायी निर्मल खत्रीमाथि खुकुरी प्रहार भएको छ।

 

बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका छन्। घाइतेको उनको टाउकोमा ६० वटा लगाइएको छ ।सामान्य विवादले उग्र रूप लिएपछि खत्रीमाथि ३ युवा जाइलागेका थिए। इलाका प्रहरी कार्यालयका अनुसार खत्रीलाई आक्रमण गरेको आरोपमा फलफूल व्यवसायी अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवरलाई नियन्त्रणमा लिइएको छ।

 

आक्रमण गर्ने समूहका अरु व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटना बिहीबार साँझको हो। पिच गर्न कालोपत्रे गरेर राखेको सकडमा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक गुडाएपछि सडक विग्रिएको भन्दै विवाद सुरु भएको थियो। सोही विवादपछि कादरीले युवाहरुको समूह ल्याएर आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।