२०८१ आश्विन ७ , सोमवार

जितुले युट्युबमा गाईजात्रा प्रस्तुति ल्याउने

 

सुनाखरी न्युज  / काठमाडौं –  जितु नेपालले गाईजात्रा विशेष प्रस्तुति युट्युबमा सार्वजनिक गर्ने भएका छन ।

 

एक महिना बढी समय हुँदा उनले आफूले प्रस्तुति लिएर आउने तयारी गरेको जानकारी दिएका हुन् ।

 

तर पछिल्लो समय कोरोना र अन्य कारणले गर्दा गाईजात्रा कार्यक्रम आयोजना गर्न नसकिरहेको उनले बताएका छन ।

 

जितुले भनेका छन् ‘जुन प्रस्तुतिहरू रङ्गमञ्चमा नभएर मेरो युट्युब जितु कमेडीमा आउनेछन् । करिब एक हप्तासम्म मेरा विभिन्न प्रस्तुतिहरू हेर्न सक्नुहुनेछ ।’