२०८१ आश्विन ७ , सोमवार

माल्भिका सुब्बाले श्रीमानसँग गरिन् सम्बन्ध विच्छेद

सुनाखरी न्युज /  काठमाडौं –  पूर्व मिस नेपाल तथा संचारकर्मी माल्भिका सुब्बाले आफ्नो सम्बन्धविच्छेद भइसकेको खुलासा गरेकी छिन् । उनका अनुसार उनको सम्बन्धविच्छेद २ वर्षअघि नै भइसकेको छ । अर्की अभिनेत्री प्रियंका कार्कीको कार्यक्रम  द फोर्थ ट्राइमेस्टरु नामक पडकास्टमार्फत उनले सम्बन्ध विच्छेद गरेको जानकारी दिएकी हुन्।

 

छोरा दुई वर्षको हुँदा घर छोडेको र धेरै गाह्रो भइसकेपछि आफू एक्लैले सो निर्णय लिएको उनले बताएकी छन् । ुमेरो परिवारले मलाई समर्थन गर्नुभएन,उनले भनिन्, अहिले ठिक छ। त्यो समर्थन लिन पनि मलाई तीन – चार वर्ष लाग्यो। माल्भिकाका अनुसार उनका छोरा २ वर्षको हुँदा उनले घर छाडेकी थिइन् । घर छाड्ने अवस्था आउँदा उनको श्रीमान रियाजसँग सम्बन्ध राम्रो थिएन । आफूलाई निकै गाह्रो भएपछि घर छाडेको उनले बताएकी छिन् ।

 

घर छाड्नुभन्दा अगाडि आफूहरुको सम्बन्ध निकै बिग्रिएको र दुई जनाबीच लगातार झगडा भइराख्ने उनले बताएकी छिन् । घर छाडेको ४ वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गरेको उनले बताइन। माल्भिकाका अनुसार सम्बन्धविच्छेद भए पनि उनीहरु दुवैले छोराको अभिभावकत्व साझा रुपमा निभाएरहेका छन् । यसका लागि दुवै सहमत भएको बताउँदै उनले अब उनको जीवनमा कोही आएमा वा रियाजको जीवनमा कोही आएमा उसले यो साझा अभिभावकत्वको समझदारी स्वीकार गर्नुपर्ने आफूहरुबीच सहमति भएको बताइन् ।