२०८१ मंसिर १४ , शुक्रवार

झ्याप झ्याप बती जाँदा देशभर कै उपभोक्ता हैरान

सुनाखरी न्युज  / काठमाडौं –  पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । दिनमै एकभन्दा बढीपटक छोटोछोटो समय अघोषित ‘लोडसेडिङ’ हुने गरेको हो ।

 

यसरी छिनछिनमै सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । छिनछिनमै बत्ती जाने–आउने गर्दा घर, कार्यालय, उद्योगमा ठूलो जोखिमको समेत सम्भावना हुन्छ । देशभर दैनिकजसो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका छन् । बत्ती जाने आउने समस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न प्राधिकरण असफलजस्तै देखिएको छ ।काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार वर्षापछि ठाउँठाउँमा पहिरो जाने र रुखहरूले विद्युत् तारलाई छुँदा समस्या निम्तिएको हो । पछिल्लो समय तराईका जिल्लामा रुख ढलेर विद्युत् सप्लाईमा समस्या आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

 

त्यो समस्या समाधान गर्ने क्रममा देशैभरको विद्युत् प्रवाह केही बेर रोकिने गरेको उनले जानकारी दिए । मर्मतसम्भार गर्ने बेलाबेलामा सेवा अवरुद्ध हुने गरेको उनको भनाइ छ ।प्राधिकरणका अनुसार ११ केभी ३३ केभीका १ सय ५० देखि २ सय किलोमिटर लामो ट्रान्समिसन लाइन भएको ठाउँहरूमा कुनै ठाउँमा रूखले छोयो, प्राविधिक समस्या आयो भने पत्ता लगाउन समय लाग्ने हुँदा केही ठाउँमा समस्या रहेको छ ।

 

त्यसकारण यस्ता ठाउँहरूमा १ सय ३२ केभी लाइन नबनाएसम्म लाइन आउने जाने भई नै रहन्छ । शाक्यले त्यस्ता ठाउँमा क्षमता विस्तारका लागि समन्वय भइरहेको जानकारी दिए ।शनिबार तराईमा तारमा रुख लाग्यो, तारमा रुख ढलेर समस्या आएको हो । अहिले पानी परेका कारण रुख ढलिरहेका छन्,” उनले भने, “अरू केही पनि कारण हैन । रुख ढलेर तारमा लाग्दा यसरी लाइन गइरहेको छ ।” वर्षा र बाढीपहिरोका कारण कतिपय ठाउँमा तार चुडिनुका साथै टावर नै बांगिने गरेको प्रवक्ता भट्टराईले बताए ।