२०८१ आश्विन ७ , सोमवार

स्वीटजरल्याण्डमा रमाउँदै मनिषा कोइराला

सुनाखरी न्युज  / काठमाडौं –  अभिनेत्री मनिषा कोइराला नेपालबाट उनी स्वीटजरल्याण्डको जुरिच पुगेकी छन जहाँबाट उनले पदयात्राका आकर्षक तस्वीर सेयर गरेकी छन । स्कुल र कलेज बेलाका साथीहरुसँग उनी स्वीस आल्पसमा घुमेका रमाइला तस्वीर देख्न सकिन्छ ।

 

साथीहरुसँग घुमघाम गर्ने उद्देश्यले उनी बिदा मनाउन स्वीटजरल्याण्ड पुगेको जानकारी उनी निकट स्रोतले दियो । मनिषाले सेयर गरेका तस्वीरमा हामीले नेपालको भूगोलजस्तै देखिने स्वीटजरल्याण्डका पर्वत र हिमाल देख्न सक्छौं । मनिषाले आफ्ना अन्तर्वार्तामा पनि आफूलाई पद्यात्रा र प्रकृतिसँग निकट हुन मनपर्ने बताएकी थिइन ।

 

जुरिचबाट फर्किएपछि मनिषा नेपाली समुदायले अष्ट्रेलियामा आयोजना गरेको समारोहमा भाग लिन त्यसतर्फ जाने तयारीमा छिन । साथै, सञ्जयलीला भन्सालीले निर्देशन गरिरहेको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को छायांकनमा उनी व्यस्त हुनेछिन । यो सिरिजको छायांकन अन्त्यतिर आइपुगेको जनाइएको छ ।