२०८१ आश्विन ५ , शनिवार

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त, कस कसले गरे हस्ताक्षर ?

सुनाखरी न्युज/ विराटनगर ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले  कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका थिए ।

 

प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।