२०८१ आश्विन ५ , शनिवार

पूर्वमन्त्री पीएल सिंहको स्वास्थ्यमा सुधार

pl singh (1)

 

सुनाखरी न्युज /  काठमाडौं –  पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको स्वास्थ्य अवस्थामा सुधार भएको छ। उनको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ ।

 

पेप्टिक अल्सरको शल्यक्रियापछि उनी अहिले मेडिसिटीमा आराम गरिरहेको तथा उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

 

पेटको समस्याका कारण उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।