२०८१ मंसिर १५ , शनिवार

पोखरा २० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, आ.व.७९।८० मा कुल प्रगति ८०.८६ प्रतिशत

Capture (35)

सूर्य बास्तोला/ पोखरा। पोखरा महानगरपालिका वडा नं. २० को सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

वडा नं. २० स्थित आ.व.२०७९।८० मा भए गरेका विकास निर्माण सम्बन्धी योजना कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । २०७९।८० मा वडा स्तरीय योजनाका लागि कुल बजेट रु.१ करोड ९५ लाख जसमध्ये ९५ लाख लाख कार्यालय संचालन तथा प्रशासनिक खर्च तथा जनप्रतिनिधि पोशाक ५१ हजार चालु तर्फनै आएकोले चालु प्रशासनिक खर्च १५ लाख ५१ हजार हुन आएको छ ।

बाँकी १ करोड ८० लाख विकास निर्माण तर्फ वडास्तरीय योजना तथा कार्यक्रमहरु २८ वटा संचालन भएको उक्त अवसरमा जानकारी गराइयो । वडा नं. २० को पुँजीगत र प्रशासनिक गरी कुल १ करोड ८० लाख मध्ये वार्षिक प्रगति ८०.८६ प्रतिशत भएको थियो । जसमध्ये पुँजीगत तर्फ जम्मा रकम रु.१ करोड ५७ लाख २३ हजार खर्च भई ३६ लाख ४९ हजार रकम फ्रिज भएको उक्त अवसरमा जानकारी गराइएको थियो ।

वडा अध्यक्ष गंगा बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य मिना पौडेल, संचालन पत्रकार अमृत सुवेदीले गर्नुभएको थियो । उक्त कार्यक्रममा सहजीकरण वार्दली मिडिया प्रा.लि.द्वारा संचालित पब्लिक फोर के टेलिभिजनले गरेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय लगायत राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्था, आमा समूह, क्लव तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो भने स्थानीयहरुले राखेका प्रश्नहरुको जवाफ वडाअध्यक्षले दिनुभएको थियो ।