२०८१ आश्विन ५ , शनिवार

एकीकृत समाजवादीको बैठक सुरु

samajbadi

 

सुनाखरी न्युज  / काठमाडौं –  नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो ।

 

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

 

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताउनुभयो । रासस