सुनाखरी न्युज / काठमाडौं – सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेका छन् ।
उनको शव बिहीबार दिउँसो ३ बजेतिर फेला परेको हो। मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो।मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो ।
प्रहरीका अनुसार मुचुल्का सकेर पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ। मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो।