२०८१ आश्विन ५ , शनिवार

आन्दोलन र परिबर्तन को नेतृत्वकर्ता कांग्रेस ले अब मुलुकको समुन्नतिको नेतृत्व गर्ने छ : कांग्रेस केन्द्रीय प्रतिनिधि – गिरी

सुनाखरी न्युज/ काठमाडौं । कालिकोट बाट सुनाखरी प्रतिनिधि –
नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं नेपालीकां बिशेष अभियानका कालिकोट केन्द्रीय किरण गिरी ले सबैखाले आन्दोलन र परिबर्तन को नेतृत्व गरेको कांग्रेसले अब देशमा बिकास र समुन्नति को नेतृत्व गर्ने कुरा बताउनु भएको छ ।

नेपाली कांग्रेस ” बिशेष आन्तरिक अभियान ” २० – ३० श्रावण २०८० भोलि बाट ७७ जिल्लामा प्रारम्भ गर्ने क्रममा आज कालिकोट जिल्लामा शुभारम्भ गर्नुहुदै कांग्रेस केन्द्रीय नेता गिरीले बिशेष अभियान कार्यक्रम को लक्ष्य र उध्येश्य बारे प्रकाश पार्न्नुभयो । कालिकोट आउनु अगाडि आफिले कालिकोट जिल्लाभर का केन्द्र देखी सबै तह र तप्काका नेताहरु संग समन्वय र सम्पर्क गरेर आएको जानकारी दिनुहुदै नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि किरण गिरीले जन प्रतिनिधि को भुमिका , तरुण र बिद्यार्थी संघ , महिला संघ को सक्रियता बारेमा स्पष्ट पार्नु भएको थियो ।

 

बर्तमान राजनीतिक अवस्था , संगठन को स्थीती र नेपाली कांग्रेस भाबी नीति तथा कार्यक्रमका बारेमा बताउनु हुँदै कंग्रेस नेता गिरीले भन्नुभयो नेपाली कांग्रेस एउटा जिबन्त लोकतान्त्रिक पार्टी भएको ले यसका सबै तहका संगठनहरु संस्थागत र पारदर्शी रुपमा गतिशील र चलायमान हुनु जरुरी रहेको कुरा बताउनु भयो ।

आगामी २५ कालिकोट जिल्ला को बैठक आयोजना गरिएको र । सो बैठकमा जिल्ला कार्यसमिति का पदाधिकारी एअं सदस्य हरु , प्रदेश कार्यसमिति का पदाधिकारी तथा सदस्य हरु , ९ वटै पालिका कार्यसमिति का पदाधिकारी तथा सदस्य हरु र पार्टी का जन प्रतिनिधि हरु को समेत उपस्थित रहने कुरा जिल्ला सभापति अम्ब बहादुर शाही ले दिनु भएको छ । कालिकोट मा नेपाली कांग्रेस ८२ वडा कार्यसमिति , ९ वटा पालिकाका कार्यसमिति , २ वटा प्रदेश कार्यसमिति र कालिकोट जिल्ला कार्यसमिति को अवस्था र संगठन स्थीतीबरे जानकारी भयो ।

 

शुक्रबार बेलुका कालिकोट पुग्नु भएका कांग्रेस नेता एबं केन्द्रीय प्रतिनिधि किरण गिरीलाई जिल्ला सभापति अम्ब बहादुर शाही लगायत जिल्ला पदाधिकारी एबं सदस्य हरु शिक्ष्क , बिधार्थी , तरुण र महिला संघ का जिल्ला नेताहरुले स्वागत र सम्मान गर्नु भएको थियो ।