सुनाखरी न्युज/ काठमाडौं ।
चाइना इस्टर्नले कुन्मिङ–काठमाडौं फेरि नियमित उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी सोमबार (अगस्ट १४) देखि सातामा एक उडान गर्ने भएको हो। एयरलाइन्सले कोभिडअघि सातामा ७ वटा उडान गर्दै आएको थियो।
कोभिड नियन्त्रणमा आएपछि भने एयरलाइन्सले कार्गो उडान मात्र गर्दै आएको प्राधिकरणले जनाएको छ। यससँगै नेपाल–चीन दुईतर्फी उडान गर्ने वायुसेवाको संख्या ६ पुग्नेछ।