२०८१ आश्विन ७ , सोमवार

घर ज्वाइँ’मा दयाहाङ र मिरुनाको जोडी

dhanyang

सुनाखरी न्युज  / काठमाडौं –  यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ ।

 

दुवैले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय गर्ने तय भएको छ । उनले भने, “चलचित्रमा हामीले केही कलाकार अनुबन्धित गरिसकेका छौँ । यसको अहिले लेखनको चरणमा छौँ ।

 

आउँदो माघबाट छायाङ्कन गर्ने छौँ ।” उनका अनुसार अनिल मगरले निर्देशन गर्ने चलचित्रमा वुद्धि तामाङ, शिशिर बाङ्ग्देल, पुस्कर गुरुङ, राज थापालगायत अनुबन्धित भइसकेका छन् ।आगामी माघबाट छायांकनमा निस्कने फिल्मको निर्माता जनक घर्ती मगर हुन् । निर्माता मगरले फिल्मको मुख्य भूमिकामा रहने कलाकार लगभग फाइनल भएको बताए ।

 

जिएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको लेखन रहेकोछ । रुकुममा छायांकन हुने फिल्मको कथा घर ज्वाइँको रहेको छ ।